होहल्लामै सकियो राजावादीको बैठक, भएन नयाँ आन्दोलन घोषणा

होहल्लामै सकियो राजावादीको बैठक, भएन नयाँ आन्दोलन घोषणा

काठमाडौं : राजतन्त्र फर्काउन भन्दै आन्दोलनमा रहेको ‘संयुक्त जनआन्दोलन समिति’को बैठकमा होहल्ला भएपछि बैठक त्यतिकै सकिएको छ। जेठ १५ देखि मंगलबारसम्म चलेको आन्दोलनको समीक्षा गर्न बसेको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन नआएपछि सहभागीहरूले होहल्ला सुरु गरेका थिए। 

आन्दोलनको समीक्षा र नयाँ आन्दोलन घोषणा गर्ने भन्दै सुवेदी संयोजकत्वको समितिको बैठक बसे पनि नयाँ आन्दोलनको कार्यक्रम घोषणा गर्न भने सकेन। बैठकलाई अगाडि बढाउन राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहभागीहरूलाई पटक-पटक चुप बस्न भने पनि सहभागीले मानेनन्। अनि उनी जे मन लाग्छ गर्नु भन्दै हिँडे।

त्यसपछि आचार्य श्रीनिवासले सहभागीहरूलाई होहल्ला गरेर रमिता नदेखाउन र अनुशासनमा बस्न आग्रह गरे पनि सभा हलमा हल्ला रोकिएन। त्यसपछि समितिका संयोजक नवराज सुवेदीले फेरि समीक्षा बैठक बस्ने भन्दै बुधवारको बैठक समापन गरेका थिए।

जेठ २१, २०८२ बुधबार १६:२२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।