भिजिट भिसा विवाद : संसदको गतिरोध हटाउन दलहरूसँग छलफलमा सभामुख

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै विपक्षीले संसद अवरोध जारी राखेका छन्।
संसदको जारी गतिरोध हटाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल तीव्र पारेका छन्। आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दलहरुबीच सहमति जुट्न नसक्दा अझै बस्न सकेको छैन।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको अडानबाट केही पछि हटेर उच्चस्तरीय छानबिन आयोग वा समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
तर, सत्तापक्ष भने गृहमन्त्रीलाई संसदमा बोल्न नदिई विपक्षीको मागमा छलफल गर्न तयार छैन। दलहरूबीच कुरा मिले आजै गृहमन्त्रीले संसदमा भिजिट भिसा प्रकरणबारे जवाफ दिने कार्यक्रम छ।
यसअघि, हिजो पनि दलहरूबीच सहमति नहुँदा बैठक बस्दै नबसी स्थगित भएको थियो।
जेठ २१, २०८२ बुधबार १३:४६:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।