आन्दोलन रोकिएपछि राजावादी नेताहरूको सुरक्षाकर्मी खटाइन्छ : मन्त्री लेखक

आन्दोलन रोकिएपछि राजावादी नेताहरूको सुरक्षाकर्मी खटाइन्छ : मन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले राजवादीको आन्दोलन रोकिएपछि मात्र राजसंस्था समर्थक नेताहरूलाई यसअघि दिइएको सुरक्षाकर्मी खटाइने बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा राप्रपा सांसद बुद्धिमान तामाङले उठाएको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘राजावादीको आन्दोलन रोकिएपछि राजसंस्था समर्थक नेताहरूलाई यसअघि दिइएको सुरक्षाकर्मी पुनः खटाइनेछ। सुरक्षाकर्मी आन्दोलनमा खटिनुपर्ने भएकाले उनीहरूलाई फिर्ता बोलाइएको हो।’

मन्त्री लेखकले संविधान विरोधी काममा नलाग्न आग्रह गर्दै अराजक गतिविधि भए राज्यले आवश्यक कारबाही गर्ने स्पष्ट पारे। गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिताबाट पछि फर्कने कुराले मुलुक अन्धकारतर्फ लैजाने उनले बताए।

भिजिट भिसा प्रकरणका विषयमा बोल्दै मन्त्री लेखकले उक्त विषयमा सदनमा नै बोल्ने र उठेका सबै प्रश्नको जवाफ दिने बताए।

जेठ २१, २०८२ बुधबार १३:२०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।