खेल सकिएपछि पनि मैदानभित्र नपस्न दर्शकलाई क्यानको आग्रह

खेल सकिएपछि पनि मैदानभित्र नपस्न दर्शकलाई क्यानको आग्रह

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट म्याच भइरहेका बेला र खेल सकिएपछि मैदानभित्र नपस्न दर्शकहरूलाई आग्रह गरेको छ।

विश्वकप लिग-२ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल हुनुअघि संघले आफ्नो सामाजिक सञ्जालमार्फत दर्शमसक्ष यस्तो आग्रह गरेको हो।

पोस्टमा भनिएको छ, ‘सबैको सुरक्षाका लागि र अन्तर्राष्ट्रिय खेलको नियम अनुरूप खेलका क्रममा वा खेल सकिएपछि पनि समर्थकहरूलाई मैदानभित्र प्रवेश नगर्न आग्रह गर्दछौँ।’

अस्ति भएको नेपाल र स्कटल्यान्डबीचको खेलमा नेपालले रोमाञ्चक जित हात पारेपछि नेपाली दर्शकहरू खुशी मनाउँदै मैदानभित्र प्रवेश गरेका थिए। सोही घटनालाई लिएर क्यानले आज सूचना जारी गरेको हो।

लिग-२ कै खेल अन्तर्गत नेपाल आज नेदरल्यान्ड्सविरुद्ध पौने चार बजे स्कटल्यान्डको डन्डीमा भिड्दैछ।

जेठ २१, २०८२ बुधबार १२:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।