सिरियामा रहेका हतियार भण्डारहरूमा आक्रमण गरेको इजरायलको दाबी

काठमाडौं : इजरायलले सिरियामा रहेका हतियार भण्डारहरूमा आक्रमण गरेको दाबी गरेको छ।
मंगलबार सिरियाबाट इजरायलमा दुई वटा क्षेप्यास्त्र प्रहार गरिएको खबर आएको केही घण्टापछि यो आक्रमण भएको हो।
सिरियाली विदेश मन्त्रालयले दक्षिणी सिरियामा इजरायली आक्रमणबाट ‘ठूलो हताहत’ भएको बताएको छ। मन्त्रालयले इजरायलले क्षेत्रलाई अस्थिर बनाउन खोजिरहेको आरोप पनि लगाएको छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायलमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको लागि सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारालाई जिम्मेवार ठहराएको बताएका छन्।
दुई देशबीचको तनाव कम गर्न हालै भएका अप्रत्यक्ष वार्ताहरूको बाबजुद पनि इजरायलले सिरियामा आक्रमण बढाएको छ।
विशेष गरी डिसेम्बर २०२४ मा अल-शाराले बसर अल-असदको सरकारलाई सत्ताबाट हटाउने विद्रोही आक्रमणको नेतृत्व गरेपछि।
जेठ २१, २०८२ बुधबार १२:१८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।