इन्फिनिक्सको ५जी स्मार्टफोन नोट ‘५०एक्स’ नेपालमा सार्वजनिक, मूल्य २२ हजार

काठमाडौं : स्मार्टफोन निर्माता कम्पनी इन्फिनिक्सले आफ्नो नयाँ शक्तिशाली स्मार्टफोन नोट ५०एक्स नेपालमा सार्वजनिक गरेको छ। यो स्मार्टफोन नेपाली बजारमा २१ हजार नौ सय ९९ रुपैयाँमा खरिदका लागि उपलब्ध छ।
नोट ५०एक्स दमदार प्रदर्शन, छिटो चार्ज हुने क्षमता र टिकाउपन आवश्यक भएका प्रयोगकर्ताका लागि भनेर ल्याइएको कम्पनीको दाबी छ। यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट फाइभजी प्रोसेसर, ४५ वाट फास्ट चार्ज सपोर्ट र धुलो तथा पानी प्रतिरोधी आईपी६४ रेटिङको डिजाइन समावेश छ।
६.६७ इन्चको ठूलो १२० हर्ज रिफ्रेस रेट भएको एलसीडी डिस्प्ले भएको फोनमा फोटोग्राफीका लागि ५० मेगापिक्सेलको अल्ट्रा-क्लियर मुख्य क्यामेरा तथा अगाडि ८ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ।
६ जीबी र्यामका साथ १२८ जीबी इन्टर्नल स्टोरेजको साथमा उलपब्ध फोनमा ५२०० एमएएच क्षमताको ठूलो ब्याट्री रहेको छ जसलाई ४५ वाट अलराउन्ड फास्टचार्ज ३.० टेक्नोलोजीले छिटो चार्ज गर्न मद्दत गर्छ।
यसका साथै, फोनमा एनएफसी सपोर्ट, इन्फ्रारेड ब्लास्टर जस्ता उपयोगी विशेषताहरू पनि समावेश गरिएका छन्। सफ्टवेयरतर्फ, यो एन्ड्रोइड १५ मा आधारित एक्सओए १५ मा चल्छ।
नोट ५०एक्स टाइटेनियम ग्रे लगायत अन्य विभिन्न आकर्षक रङ विकल्पहरूमा उपलब्ध छ। कम्पनीले यसको मूल्य र विशेषताहरू हेर्दा यो अहिलेको बजारमा सबैभन्दा राम्रो ५जी स्मार्टफोन भएको दाबी गरेको छ।
जेठ २१, २०८२ बुधबार १०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।