स्टील आयातमा लाग्ने कर ५० प्रतिशत पुर्याउने निर्णयमा ट्रम्पको हस्ताक्षर, बुधबारदेखि नै लागू हुने

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशबाट अमेरिका भित्रिने स्टीलमा लाग्ने भन्सार शुल्कलाई बढाउने निर्णयमा हस्ताक्षर गरेका छन। यो आदेश बुधबारदेखि लागू हुनेछ।
यस निर्णयअनुसार अब स्टील आयात गर्दा २५ प्रतिशतको सट्टा ५० प्रतिशत शुल्क लाग्नेछ। यो पछिल्लो मार्च महिनापछि अमेरिकाले धातुमा आयात शुल्क बढाएको दोस्रो पटक हो।
राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकालमा नै स्टीलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत आयात शुल्क लगाउन सुरु गरेका थिए।
राष्ट्रपति ट्रम्पले यो कदम अमेरिकाको आफ्नै स्टील उद्योगलाई जोगाउन र बलियो बनाउनका लागि चालिएको बताएका छन्।
तर, यस निर्णयको आलोचकहरूले अमेरिकाले यस्तो कडाइ गर्दा अमेरिका बाहिरका स्टील उत्पादन गर्ने देशहरूलाई भने ठूलो आर्थिक नोक्सानी हुन सक्ने बताएका छन्।
जेठ २१, २०८२ बुधबार ०८:३१:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।