‘रावायण’पछि ‘आ बाट आमा’मा देखिँदै पल शाह

‘रावायण’पछि ‘आ बाट आमा’मा देखिँदै पल शाह

काठमाडौं : एक समय म्युजिक भिडियोको ‘हट केक’ बनेका पल शाह जबरजस्ति करणीको मुद्दापछि एक वर्ष थुनामा परे।कारागारबाट छुटेपछि पलले आफै लगानी गरेर म्युजिक भिडियो बनाउन थाले। हेलिकप्टर चढेर स्टेज कार्यक्रमहरूमा पुग्ने थाले। 

यही बीच निर्देशक दिनेश राउतले उनलाई ‘पूजार सार्की’ फिल्ममा अनुबन्ध गरे, जहाँ प्रदीप खड्का र आर्यन सिग्देलजस्ता स्टारहरूका बीचमा उनी प्रस्तुत भए। उनी मुख्य भूमिकामा देखिएको ‘रावायण’ भने दर्शक पाएन। उनै पल अब निर्देशक चन्द्र पन्तको नयाँ फिल्म ‘आ बाट आमा’ मा देखिने भएका छन्।

‘ह्रस्व दीर्घ’ फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका चन्द्र पन्तले आफ्नो दोस्रो फिल्ममा पल शाहलाई अनुबन्ध गरेका हुन्। यसअघि नै पन्तले अभिनेत्री विपना थापालाई मुख्य पात्र आमाको भूमिकामा फाइनल गरिसकेका थिए। 

फिल्म ‘आ बाट आमा’ आमा र सन्तानबीचको भावनात्मक सम्बन्धमा आधारित छ। पल मुख्य पात्र हुने या सशक्त साइड क्यारेक्टरमा देखिने भन्नेबारे निर्माण पक्षले नखुलाए पनि पन्तले यस फिल्ममा पलको भूमिका महत्त्वपूर्ण रहने संकेत गरेका छन्।

स्क्रिप्ट अभिमन्यू निरवीले लेखिरहेका छन्। फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन मिति फागुन १५ लक्षित गरिएको निर्देशक पन्तको भनाइ छ। अन्य कलाकार र प्राविधिक टोली पनि चाँडै टुंगो लाग्ने पन्तले बताएका छन्। फिल्म फागुन १५ बाट प्रदर्शनमा आउने भनिएको छ।

जेठ २०, २०८२ मंगलबार २१:४१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।