बिचौलियाहरूले हाम्रो सरकार देखि सहेनन्, षड्यन्त्रपूर्ण तरिकाले हटाए : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको बलमा षड्यन्त्रपूर्वक आफूलाई सरकारबाट हटाइएको आरोप लगाएका छन्।
काठमाडौंमा आयोजित नेवाः तामाङ उपत्यका जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले प्रतिनिधित्व गरेको माओवादी नेतृत्वलाई प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूले सहन नसकेर सरकारबाट हटाएको दाबी गरे।
‘हामीले आर्थिक समृद्धिका लागि काम गरिरहेका थियौं, भारत र चीनसँग सम्बन्ध सुधारमा पहल लिएका थियौं, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको सम्मान कायम राखेका थियौं’, उनले भने, ‘तर प्रतिक्रियावादी, दलाल र बिचौलियाहरूलाई त्यो सहिएन। संख्याको बलमा षड्यन्त्र गर्दै सरकारबाट हटाइयो।’
उनले पछिल्लो समय नेताहरू बढी बोलेर जनतालाई थकाउने प्रवृत्ति देखिएको भन्दै उनले अबको अभियान जनताको कुरा बढी सुन्ने र आफू कम बोल्ने बनाउँदा मात्र सफल हुन्छ हुने बताए।
जेठ २०, २०८२ मंगलबार १८:०२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।