एनसेलको ‘लीग अफ क्रिएटर्स’मा कन्टेन्ट क्रिएटरलाई प्रतिभा देखाउने अवसर

एनसेलको ‘लीग अफ क्रिएटर्स’मा कन्टेन्ट क्रिएटरलाई प्रतिभा देखाउने अवसर

काठमाडौं : एनसेलले अपट्रेन्डलीसँग सहकार्य गर्दै ‘लीग अफ क्रिएटर्स’ नामक डिजिटल सामग्री निर्माणमा रुचि राख्ने युवा लक्षित अभियान सुरु गरेको छ।

‘क्रिएट, कम्पिट, कन्कर’ भन्ने नारासहित सुरु भएको यो अभियानले देशभरका १६ वर्ष माथिका कन्टेन्ट क्रिएटर्सलाई आफ्नो सिर्जनात्मक प्रतिभा देखाउने अवसर दिनेछ। प्रतियोगितामा सहभागीहरूले ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ विषयमा आधारित ३०–९० सेकेन्डको छोटो भर्टिकल भिडियो टिकटक र इन्टाग्राममा पोस्ट गर्नुपर्नेछ। भिडियोमा @Ncell ट्याग गर्नुका साथै #TeamSanjog, #NcellLeagueOfCreators2025 ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

प्रतियोगितामा अनुभव भएका वा नभएका सबैले भाग लिन सक्नेछन्। सहभागीका भिडियोहरूबाट उत्कृष्ट ५० जना छानिनेछन्, जसले सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकार जस्ता चर्चित मेन्टर्सबाट विशेष प्रशिक्षण प्राप्त गर्नेछन्।

एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्, ‘यो अभियान सिर्जनात्मक यात्रा हो, जसले नयाँ पुस्ताका क्रिएटर्सलाई सिक्न, बढ्न र डिजिटल प्रभाव सिर्जना गर्न प्रेरित गर्छ।’

चुनिएका ५० जना क्रिएटर्स पाँच समूहमा विभाजन हुनेछन र एनसेल आइकन अन्तर्गत हुने कार्यशालामा भाग लिनेछन्। त्यहाँ सिर्जनात्मक च्यालेन्जहरू दिइनेछ, जसको मूल्यांकन विज्ञ निर्णायकहरूले गर्नेछन्।

ग्रान्ड फिनाले असार १४ गते हुनेछ, जहाँ उत्कृष्ट प्रतिभालाई सम्मान गरिनेछ। मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षे ब्रान्ड डिल जित्नेछन्। साथै, शीर्ष क्रिएटर्ससँग विशेष प्रशिक्षण र देशव्यापी नेटवर्किङको अवसर पनि पाइनेछ।

प्रतियोगितामा भाग लिन दर्ता निःशुल्क छ र सहभागीले नेपालमै रहेर सामग्री निर्माण गर्नुपर्नेछ। जेठ १८ गते देखि दर्ता खुला भइसकेको छ भने भिडियो पोस्ट गर्ने अन्तिम म्याद जेठ २७ तोकिएको छ।

जेठ २०, २०८२ मंगलबार १६:२५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।