डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई बनायो ब्रान्ड एम्बेस्डर

काठमाडौँ : इन्टरनेट सेवा प्रदायक डिसहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ।
हालै डिसहोमको भैंसेपाटीस्थित कर्पोरेट कार्यालयमा सम्पन्न सम्झौतामा अभिनेत्री माझी र डिसहोम इन्टरनेटका प्रमुख बजार अधिकृत संजयप्रसाद राजभण्डारीले हस्ताक्षर गरेका थिए।
कम्पनीले नयाँ पुस्ताका प्रतिनिधि पात्रको रूपमा उदाउँदै गरेकी दिव्याको लोकप्रियता र डिजिटल यात्राप्रतिको चासोलाई आफ्नो ब्रान्ड दृष्टिकोणसँग मेल खाने देखिएको बताएको छ।
‘हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नराखी, नयाँ पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या राई माझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रूपमा जोड्न मद्दत गर्नेछ,’ डिसहोमले भनेको छ।
त्यसैगरी, अभिनेत्री माझीले डिशहोम इन्टरनेटसँगको सहकार्यबारे प्रतिक्रिया दिँदै भनिन्, ‘डिसहोम इन्टरनेटजस्तो द्रुत गतिमा अघि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।’
डिसहोम इन्टरनेटले हाल देशभर ३ लाख ५० हजारभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ। साथै, “माई डिसहोम” मोबाइल एपमार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाउँदै आएको छ।
दिव्या राई माझीसँगको सहकार्यबाट कम्पनीले युवापुस्तासँगको सम्बन्ध थप मजबुत बनाउने र डिजिटल पहुँच जनस्तरसम्म विस्तार गर्ने लक्ष्य अघि सारेको छ।
जेठ २०, २०८२ मंगलबार १५:३१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।