आज पनि उपत्यकामा सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले आज पनि दुई वटा नि:शुल्क बस सञ्चालन गरेको छ।
सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरीले बस सञ्चालन गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुनेछ भने अर्को बस स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ।
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको हो।
हिजो पनि सशस्त्र प्रहरी बलले सर्वसाधारणका लागि नि:शुल्क बस सञ्चालन गरेको थियो।
जेठ २०, २०८२ मंगलबार १३:२१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।