राजवादीले आज सिफल चौरमा आन्दोलन गर्ने

राजवादीले आज सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं : राजसंस्था पक्षधरको आन्दोलन सिफल चौरमा हुने भएको छ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले एक विज्ञप्ति निकालेर आजको आन्दोलन सिफल चौरमा गर्ने जानकारी दिएको हो। आन्दोलन दिउँसो २ बजे सुरू हुने बताइएको छ।

यसअघि शान्तिबाटिका र माइतीघरमा आन्दोलन गरिरहेको राजावादीहरुको समूहलाई नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्र्यलयले कोटेश्वर, बल्खु र सिफल चौरबाहेक अन्यत्र दुई महिनाको निषेधाज्ञा जारी गरेको थियो।

प्रशासनले निषेधाज्ञा लगाएपछि ब्याकफुटमा धकेलिएको राजवादीहरूको समूह अब सिफल चौरमा खुम्चिएका छन्। प्रशासनले अत्यन्त प्रभावहीन ठाउँ उपलब्ध गराएपछि राजावादीहरूको प्रदर्शन विस्तारै धरासायी हुँदै गएकाे छ।

जेठ २०, २०८२ मंगलबार १०:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।