झापामा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु

फाइल तस्बिर
भद्रपुर : झापाको कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ।
गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खसेर हात्तीको घटनास्थलै मृत्यु भएको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले जानकारी दिए।
उनका अनुसार करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा छ। मरेको हात्तीको व्यवस्थापनका लागि डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिइसकेका छन्।
जेठ २०, २०८२ मंगलबार ०९:३५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।