देशभर बदली र केही स्थानमा वर्षाको सम्भावना

देशभर बदली र केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रहने जनाएको छ।

विभागका अनुसार, देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली भू-भागमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको मौसम पूर्वानुमान अनुसार, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले बताएको छ।

जेठ २०, २०८२ मंगलबार ०७:१६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।