नारायणहिटी हत्याकाण्डको २४ वर्ष : दीपेन्द्र हत्यारा हुन् भन्ने अझै मान्दैनन् किन ?

राजा वीरेन्द्र शाहको परिवारका अधिकांश सदस्य मारिएको नारायणहिटी हत्याकाण्ड भएको २४ वर्ष पुग्यो। घटना लगत्तै गठन भएको छानबिन आयोगदेखि लिएर घटनाका प्रत्यक्षदर्शी, दरबारबारे जानकार सबैले घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको र कारण रानी ऐश्वर्या र युवराज दीपेन्द्रबीच विवाहका विषयमा बढेको मनमुटाब देखाए पनि अहिले पनि अधिकांश यो स्विकार्न तयार देखिँदैनन्।
अझैँ पनि अधिकांश दीपेन्द्रले आफ्नो बाबु-आमादेखि भाइ, बहिनी लगायत परिवारका अधिकांश सदस्यलाई गोली हानेर मारे भन्ने स्विकार्न तयार छैनन्। यो अन्तर्राष्ट्रिय शक्ति केन्द्रको योजनामा भएकोदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मलाई शङ्काको नजरले हेर्ने क्रम जारी छ। आखिर भएको के हो? आयोगमा कालो पदार्थबारे जानकारी दिएका पूर्व डिआइजी हेमन्त मल्ल, दरबारका तत्कालीन सचिव शम्भु प्रसाद अधिकारी अनि अनुसन्धानकोक्रममा घटनास्थलको तस्बिर र भिडियो खिचेका पूर्व एसपी शेरबहादुर कार्कीको विशेष सामग्री।
राजा वीरेन्द्रको टोपी र चश्मा, भर्याङमा फुटेका रानी ऐश्वर्याको चुरा घुमिहरन्छ आँखामा
मलाई सिधै मुख्य घटनास्थल त्रिभुवन सदनमा लगियो। घटनास्थलमा प्रवेश गर्नु अगाडि बाहिरको अवस्थासँगै घटनास्थलमा आफू प्रवेश गर्दा पनि कुनै प्रमाण नष्ट नहोस् भनेर खुब ख्याल गर्नुपर्छ।
विलियर्ड हलभित्र जानुभन्दा पहिले ढोकामा उभिएर भित्र हेरें। अहो! भित्रको दृष्य त हेरिनसक्नु रहेछ। भुईंभरि रगतै–रगत। गोलीको खोकाका बिस्कुन। छरपस्ट सामान। त्यस्तो विभत्स घटनास्थल देखेर मेरो त ज्यान नै सिरिङ्ग भयो। केही समय टोलाएँ म। के गर्ने के भन्ने छटपटी भयो।
फरक्कै फर्किउँ जस्तो नालागेको हैन। तर मन सम्हालें। जिम्मेवारी पूरा गर्नु थियो। मेरो ड्युटी थियो त्यो।
विस्तृतमा : त्यो दृश्य सम्झँदा अहिले पनि ऐठन हुन्छ
'दीपेन्द्र सरकारले मलाई यो हतियार दे भन्दा ‘हुन्न’ भन्ने तागत कोहीसँग थियो र !
बाहिर त्यहाँ कसरी हतियार गयो भनेर चर्चा थियो। तर दीपेन्द्र त आफैं सेनाको तालिमप्राप्त हुनुहुन्थ्यो। अर्को कुरा तत्कालीन हुनेवाला राजालाई उहाँले मलाई यो हतियार दे भन्दा ‘हुन्न सरकार’ भन्ने तागत कोहीसँग थियो र त्यो बेलामा?
जहिले पनि दीपेन्द्र सरकारको बाहिर सवारी हुँदा मोटरमा तीन वटा हतियार हुन्थ्यो। माओवादी द्वन्द्व सुरु भएपछि बाहिर सवारी हुँदा उहाँसँग हतियार छुट्दैनथ्यो।
उहाँ एकदमै नामी ‘सुटर’ हुनुहुन्थ्यो। सानै उमेरदेखि नै ‘लौ हेर, म पछाडिबाटै ऊ त्यो मलेवा झारिदिन्छु भन्नुहुन्थ्यो। र, झार्नु पनि हुन्थ्यो।
विस्तृतमा : हत्याकाण्डको कारण रानी ऐश्वर्य र युवराज दीपेन्द्रको झगडा
आइजिपीले फोन गरेर भन्नुभयो 'दरबार हत्याकाण्डको छानविन आयोगमा जाउ'
मलाई इकाईबाट पठाएको अनि दरबार हत्याकाण्डमा दीपेन्द्रसँगै कालो पदार्थ पनि जोडिएकाले विषय त्यही हो भन्ने त अनुमान थियो। तर आयोगले के-के बुझ्न चाहेको हो भन्ने थाहा थिएन।
गुरुङले प्रश्न सोध्न थाल्नुभयो। मैले उत्तर दिन थालें। हाम्रो कुरा चल्दै गर्दा कुर्सीमा टोपीले मुख छोपेर सुतिरहेका पनि उठे। उहाँ त सभामुख तारानाथ रानाभाट हुनुहुँदो रहेछ। सायद हाम्रो कुराकानीमा चाख लाग्यो होला उहाँलाई। उहाँ कुर्सीबाट उठेर म बसेको सोफा नजिक आएर बस्नुभयो। आयोगलाई थोरै समय तोकिएको थियो। रातदिन काम भएकाले थाकेर ढल्कनु भएको रहेछ।
उहाँहरुको मुख्य चासो गाँजा-चरेसले मान्छेलाई अपराधमा लाग्न प्रेरित गर्छ गर्दैन। उत्तेजक बनाउँछ या बनाउँदैन भन्ने देखियो।
विस्तृतमा : दरबारमा एडिसीले नै चरेस लगेर युवराज दीपेन्द्रलाई दिन्थे
जेठ १९, २०८२ सोमबार २२:५४:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।