स्कटल्याण्डविरुद्ध कुशलको अर्धशतक

काठमाडौं : आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले स्कटल्याण्डविरुद्ध शानदार अर्धशतक प्रहार गरेका छन्।
कुशलले मात्र ४१ बलमा ११ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। भूर्तेल ४४ बलमा ५३ रन बनाउँदै आउट भएका छन्।
नेपालले इनिङ्सको उत्कृष्ट सुरुवात गर्दै १४.३ ओभरसम्म २ विकेटको क्षतिमा ९१ रन बनाइसकेको छ। आसिफ शेख ३३ बलमा २० रन बनाएर आउट भएका छन्।
जेठ १९, २०८२ सोमबार २१:०८:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।