अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले लिए एकदिवसीय क्रिकेटबाट सन्न्यास

एजेन्सी : अस्ट्रेलियाका चर्चित विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले सोमबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३६ वर्षीय म्याक्सवेलले अब आगामी वर्षको आईसीसी टि–२० विश्वकपलाई लक्ष्य बनाउँदै छोटो फर्म्याटमा मात्रै खेल जारी राख्ने घोषणा गरे।

उनले हालसम्म १ सय ४९ एकदिवसीय खेल खेलेर ३ हजार ९ सय ९० रन बनाइसकेका छन्। यस क्रममा उनले ४ शतक र २३ अर्धशतक प्रहार गरेका थिए। अफ स्पिन बलिङमार्फत उनले ७७ विकेट पनि लिएका छन्। उनको स्ट्राइक रेट १ सय २६ रहेको छ, जुन एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजका आन्द्रे रसेलपछि दोस्रो उच्चतम हो।

क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले म्याक्सवेलको योगदानको प्रशंसा गर्दै उनको करियर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै सबैभन्दा रोमाञ्चक र प्रभावशाली मध्ये एक रहेको बताए। 

अब म्याक्सवेलले आफ्नो सम्पूर्ण ध्यान टि–२० क्रिकेटतर्फ केन्द्रित गर्दै अस्ट्रेलियालाई अर्को वर्षको विश्वकप जिताउने लक्ष्यमा लिएका छन्। 

जेठ १९, २०८२ सोमबार १८:०९:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।