ओली, देउवा र प्रचण्डबीच सिंहदरबारमा छलफल सुरू

काठमाडौं : संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल सुरू भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायतका नेता सहभागी छन्।
संसद सञ्चालन, गृहमन्त्रीको राजीनामाको मागलगायत विवादास्पद विषय समाधान गर्न शीर्ष नेताहरूको बैठक बसेको हो।
जेठ १९, २०८२ सोमबार १६:५१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।