काइयी मोटर्सद्वारा ‘ग्रीन ह्वील्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न, गोदावरीमा वृक्षरोपण

काठमाडौं : काइयी मोटर्स नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जिओ अटोमोबाइल्सले ‘ग्रीन ह्वील्स टु मार्बल हिल्स’ कार्यक्रम सम्पन्न गरेको छ।
८० जनाभन्दा बढी ग्राहक तथा उनीहरूका परिवारका सदस्यहरूको सहभागिता रहेको शनिबार सम्पन्न कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय जिम्मेवारीको प्रवर्द्धन गरेको कम्पनीले जनाएको छ।
काइयीका नयाँ इलेक्ट्रिक मोडलहरू काइयी एक्स३ प्रो, ई-क्यूट ०२ र ई-क्यूट ०४ सहित थापाथलीबाट सुरू भएको र्याली गोदावरी पुगेको थियो। त्यसपछि सहभागीहरू मार्बल हिल्सतर्फ हाइकिङ गएका थिए।
कार्यक्रममा सहभागीहरूले ७० भन्दा बढी वृक्षरोपण गरेका थिए। वृक्षारोपणको उद्देश्य कार्बन पुटप्रिन्टलाई सन्तुलनमा राख्नु र स्थानीय पर्यावरण प्रणालीमा सकारात्मक योगदान पुर्याउनु रहेको कम्पनीको दाबी छ।
कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक सामूहिक गतिविधि, खेलकुद र रिफ्रेसमेन्टको पनि व्यवस्था गरिएको थियो। विद्युतीय गतिशीलतालाई वातावरणीय पहलसँग जोड्दै, काइयीले यस्ता कार्यक्रमहरूमार्फत स्वच्छ र हरियाली भविष्यको प्रवर्द्धन गरिरहेको छ।
जेठ १९, २०८२ सोमबार १३:२३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।