हजार रूपैयाँले बढ्यो सुनको मूल्य

हजार रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आइतबारको तुलनामा आज सुनमा तोलाको एक हजार र चाँदीमा पाँच रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ। हिजो सुन तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँ थियो।

त्यसैगरी चाँदीको मूल्य पनि आज पाँच रुपैयाँले बढेर एक हजार नौ सय ९० रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय ८५ रूपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा परिवर्तन आएसँगै नेपालमा पनि घटबढ हुनेगर्छ।

जेठ १९, २०८२ सोमबार ११:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।