नारायणहिटी हत्याकाण्डको शोकमा राजावादीले आज आन्दोलन नगर्ने, साँझ ६ बजे कमलादीमा दीप प्रज्ज्वलन

नारायणहिटी हत्याकाण्डको शोकमा राजावादीले आज आन्दोलन नगर्ने, साँझ ६ बजे कमलादीमा दीप प्रज्ज्वलन

काठमाडौं : राजावादीहरूको समूह संयुक्त जनआन्दोलन समितिले आज कुनै पनि आन्दोलन, जुलुस र धर्नाका कार्यक्रमहरू नगर्ने भएको छ।

नारायणहिटी राजदरबारमा राजा वीरेन्द्रको परिवारको हत्या भएको दिनलाई शोकको रूपमा लिँदै समितिले आज जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रहरू नगर्ने निर्णय गरेको समितिका संयोजन नवराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार आज साँझ छ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरूको चिर शान्तिका लागि दीप प्रज्ज्वलन कार्यक्रममा गरिँदै छ। उनले सो कार्यक्रममा आन्दोलनकारी र अन्य सर्वसाधारणलाई समेत उपस्थितिको लागि अनुरोध गरेका छन्।

राजावादीहरूले जेठ १५ गतेदेखि संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै आन्दोलन गरिरहेको हो छ।  संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र नभएसम्म आन्दोलन गर्ने उनीहरूको दाबी छ।

आन्दोलनमा संसदको पाँचौं सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र अन्य हिन्दुराष्ट्र पक्षधर शक्तिहरूको समर्थन र ऐक्यबद्धता छ।

जेठ १९, २०८२ सोमबार ११:१६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।