‘महाभोज’ अब जेठ ३० गते प्रदर्शन हुने

काठमाडौं : चलचित्र ‘महाभोज’ अब जेठ ३० गते प्रदर्शन हुने भएको छ।
यसअघि जेठ १५ गते प्रदर्शन मिति तोकिए पनि राजावादी आन्दोलन, एमालेको उत्सव र्याली र प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजक अभिव्यक्तिपछि प्रदर्शन स्थगित गरिएको थियो।
निर्माण पक्षले मिति सारिएकोमा दर्शकहरूसँग क्षमा माग्दै निर्देशक दिनेश राउतले जेठ ३० गते नजिकको हलमा चलचित्र हेर्न आग्रह गरेका छन्।
चलचित्रका निर्देशन दिनेश राउतले भनेका छन्, ‘अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ। यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ।’
हालै आयोजित प्रिभ्यु शोमा दर्शकले 'महाभोज' लाई सहकारी पीडितको कथा समेटेको समाजको कथा र मनोरञ्जक भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ।
जेठ १९, २०८२ सोमबार ०९:०३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।