ट्रायम्फ नेपालको ‘म्युजिक नाइट’ सम्पन्न, साहसिक 'एपिक राइड' भिडियो सार्वजनिक

ट्रायम्फ नेपालको ‘म्युजिक नाइट’ सम्पन्न, साहसिक 'एपिक राइड' भिडियो सार्वजनिक

काठमाडौं : ट्रायम्फ नेपालले नक्सालस्थित बाइकर्स क्याफेमा एक विशेष ‘म्युजिक नाइट’ कार्यक्रम आयोजना गरी आफ्नो ‘एपिक राइड: एकोस अफ द लस्ट किङ्गडम’ नामक साहसिक यात्राको भिडियो प्रिमियर गरेको छ।

बाइक र संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा चर्चित ब्याण्ड ‘प्रश्नचिन्ह’ले लाइभ प्रस्तुति दिएको थियो।

कार्यक्रमको मुख्य आकर्षण काठमाडौंदेखि अपर मुस्ताङसम्मको करिब १,००० किलोमिटरको ८ दिने कठिन यात्रालाई समेटिएको ‘एपिक राइड’को भिडियो प्रिमियर रह्यो।

ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले यस्ता कार्यक्रमले राइडरहरूबीच एकता बढाउनुका साथै नेपालमा साहसिक राइडर समुदाय विकासमा टेवा पुगेको बताए।

जेठ १९, २०८२ सोमबार ०८:३५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।