कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, डा झा हिरासतमा

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा, डा झा हिरासतमा

काठमाडौं : राजावादी प्रदर्शनकोक्रममा प्रहरी नियन्त्रणमा परेका कमल थापा र सांसद दीपक सिंहसहित सात जनालाई प्रहरीले नियन्त्रण मुक्त गरेको छ।

आइतबारको प्रदर्शनकाक्रममा प्रहरीले नियन्त्रणमा लिएका थापासहित सात जनालाई आइतबार बेलुका जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रण मुक्त गरेको हो।

पक्राउ परेका डा राजीव झालाई भने प्रहरी हिरासतमै छन्। प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेर भिडमा अपशब्द बोल्ने काम गरेकाले उनलाई हिरासतमै राखिएको हो।

जेठ १८, २०८२ आइतबार २१:३३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।