कमल थापा 'भेट्न जाँदा' सांसद दीपक सिंह समातिए

कमल थापा 'भेट्न जाँदा' सांसद दीपक सिंह समातिए

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा भेट्न जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंह पनि पक्राउ परेका छन्।

भद्रकालीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको नियन्त्रणमा रहेका थापालाई भेट्न सांसद सिंह गएको बेलामा प्रहरीले नियन्त्रणमा लिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

नारायणचौरमा विरोध प्रदर्शन गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले थापासहित सात जनालाई नियन्त्रणमा लिएको थियो।

जेठ १८, २०८२ आइतबार १९:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।