राजावादी आन्दोलनमा कमल थापासहित सात जना प्रहरी नियन्त्रणमा

काठमाडौं : राजतन्त्र माग्दै निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने प्रयास गरेपछि प्रहरीले नारायण चौरबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई नियन्त्रणमा लिएको छ।
निषेधित क्षेत्रमा विरोध प्रदर्शनको प्रयास गरेको आरोपमा प्रहरीले थापासहित सात जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा पर्नेमा शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमल्सिना र डा राजीव झा छन्। उनीहरू सबै जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा छन्।
माइतीघरमा विरोध प्रदर्शन गर्ने भने पनि थापासहितको एक टोली बालुवाटार प्रधानमन्त्री निवास क्षेत्रमा प्रदर्शन गर्न नारायण चौर क्षेत्रमा भेला भएका थिए।
बालुवाटारको प्रधानमन्त्री निवास क्षेत्र वरपर सभा, जुलुस गर्न निषेधित गरिएको थियो। थापाको नेतृत्वमा निषेधित क्षेत्रमा आन्दोलनको प्रयास भएपछि प्रहरीले थापालाई झ्यानाकुटी पार्दै नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेर प्रहरी कार्यालय पुर्याएको थियो।
जेठ १८, २०८२ आइतबार १८:४७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।