खेल पत्रकार हिमेशरत्नको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’ सार्वजनिक

खेल पत्रकार हिमेशरत्नको पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’ सार्वजनिक

काठमाडौं :  पत्रकार हिमेशरत्न बज्राचार्यले लेखेको नेपालको खेलकुद सम्बन्धी पुस्तक ‘स्वर्णकथा : नेपाली फुटबल’को सार्वजनिक भयो। नेपाली खेलमध्ये सर्वाधिक लोकप्रिय फुटबलको इतिहास र वर्तमान अवस्था लगायतका विषयमा केन्द्रीय भएर लेखिएको पुस्तक आइतबार सार्वजनिक भएको हो।

लेखक बज्राचार्य दुई दशक लामो समयदेखि खेल पत्रकारितामा संलग्न छन्। विशेषगरी उनी फुटबलबारे लेख्दै आएका छन्। उनले पुस्तकमा नेपालमा फुटबलको इतिहास, खेलाडीहरू, उनीहरूको उपलब्धि, फुटबल खेलाडीहरूले राष्ट्रका लागि पुर्याएको योगदान लगायतका विषयमा केन्द्रित भएर रोचक शैलीमा पुस्तक लेखेका छन्।

जेठ १८, २०८२ आइतबार १७:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।