जुलुस लिएर बालुवाटार हिँडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई घिसार्दै समात्यो प्रहरीले

जुलुस लिएर बालुवाटार हिँडेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई घिसार्दै समात्यो प्रहरीले

काठमाडौं : जुलुस लिएर बालुवाटार जाने क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। निषेधित क्षेत्रमा जुलुस लिएर हिँडेका उनलाई प्रहरीले  नक्सालको नाराणचौरबाट पक्राउ गरेको हो।

प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहोराले थापालाई पक्राउ गरेको बताए।

नक्सालस्थित नारायणाचौरबाट बालुवाटार जाने क्रममा निषेधाज्ञा तोड्न खोजेपछि उनलाई पक्राउ गरेको बोहराले जानकारी दिए।

‘निषेधाज्ञा तोड्न खोजेपछि उहाँलाई २:५० तिर पक्राउ गरेको हो। हाल उहाँलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसरमा राखिएको छ’ एसपी बोहोराले भने।

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज समेत गरेको थियो। राजतन्त्र फर्काउने भन्दै राजवादीहरूले जेठ १५ मात्र आन्दोलन गरिरहेका छन्।  

जेठ १८, २०८२ आइतबार १५:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।