गायक तथा संगीतकार गणेश रसिकको निधन

गायक तथा संगीतकार गणेश रसिकको निधन

काठमाडौं : साहित्यकार, गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरस्थित हरिसिद्धीको नेपाल क्यान्सर अस्पतालमा उपचाररत रहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो। 

गितकार संघका अध्यक्ष बसन्त बित्यासी थापाका अनुसार लन्डनमा रहेकी रसिककी छोरी सोमबार नेपाल आइपुग्ने भएकाले रसिकको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिनेछ। 

२००४ सालमा भोजपुरको छिनामखुमा जन्मिएका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए। नियमित रूपमा किमोथेरापी गराइरहेका उनी केही महिनादेखि गम्भीर अवस्थामा थिए।

रसिकलाई गीतकार सङ्घ नेपालले  १६ औं स्थापना दिवसको अवसरमा अमरभावना राष्ट्रिय स्रष्टा सम्मानले सम्मान गरेको थियो। रसिक नेपाली सांगीतिक र साहित्यिक क्षेत्रका बहुआयामिक व्यक्तित्व थिए। ‘ओ याङ्जी नाना’, ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ जस्ता उनका थुप्रै गीत कालजयी छन्।

 

यो पनि हेर्नुहोस

जेठ १८, २०८२ आइतबार १४:३०:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।