सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।
शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ।
जेठ १८, २०८२ आइतबार ११:४१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।