पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएपछि यातायात व्यवसायीको विरोध

पोखरा : गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवा र सेल्फ ड्राइभ प्रणालीलाई कानुनी मान्यता दिएको भन्दै पोखरामा आज पनि यातायात व्यवसायीहरू सडकमा उत्रिएका छन्।
आइतबार बिहानैदेखि विरोधमा उत्रिएका व्यवसायीहरूले सडकमा सवारी साधन सञ्चालन हुन दिएका छैनन्। आन्दोलनका कारण पोखराका सडकहरूमा सामान्य दिनको तुलनामा निकै कम सवारी चलेका छन्।
गण्डकी सरकारले हालै राइड सेयरिङ सेवा कानुनी बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका व्यवसायीहरू शुक्रबारदेखि निरन्तर आन्दोलनमा छन्।
उनीहरूले यदि आफ्ना मागहरू सम्बोधन नभए आगामी जेठ १९ गतेदेखि देशभर नै सवारी साधन चल्न नदिने चेतावनीसमेत दिएका छन्।
पोखरामा आन्दोलनको प्रभाव दैनिक जनजीवनमा पर्न थालेको छ। यातायात व्यवस्थित नभएकाले सर्वसाधारण, विशेषगरी विद्यार्थी र कामकाजी वर्ग प्रभावित बनेका छन्।
जेठ १८, २०८२ आइतबार १०:४८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।