राजावादीहरूले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं : राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन्।
आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने बताइएको छ। आज आन्दोलनको चौथो दिन हो।
शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समूहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन सुरू गरेका छन्।
जेठ १८, २०८२ आइतबार ०८:२३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।