कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल देशको पश्चिम र मध्य भुभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ।
बिहीबार रातीबाट कोशी प्रदेशका अधिकांश भूभागमा मनसुन विस्तार भइ कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ।
जेठ १८, २०८२ आइतबार ०७:२०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।