बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बैतडीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बैतडी : बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको भीरबाट लडेर मृत्यु भएको हो भने अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको मृत्यु भएको हो। 

घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते हुनुभएको थियो।  उहाँको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसैगरी, धनगढीबाट बिष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ क १८१३ नम्बरको मिनी टाटाले बाटोमा हिँडिरहेनुभएका विष्टलाई ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका उहाँको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । प्रहरीले ट्रक  र चालकलाई नियन्त्रणमा लिएको छ।

जेठ १७, २०८२ शनिबार २१:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।