कर्णाली राजमार्ग चार दिन बन्द हुने

कर्णाली राजमार्ग चार दिन बन्द हुने
Filephoto

कालिकोट :कर्णाली राजमार्ग राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो। कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। 

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाहरूको बैठकले सडक बन्द गर्ने निर्णय लिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म सवारी चल्न पाउने छैन। ‘कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिनेछन् भने हुम्ला, बाजुरा र कालिकोटका विभिन्न स्थानबाट आएका गाडी लालीघाटमै रोकिएर यात्रुहरूलाई त्यहींबाट गन्तव्य पठाइनेछ,’ उनले भने।  

सडक डिभिजन कार्यालयमार्फत ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु-लालीघाट सडकखण्डमा आवश्यक संरचना निर्माण गर्नुपर्ने भएकाले चार दिनसम्म करिब एक किलोमिटर सडक खण्ड बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।

करिडोर साँघुरो र अप्ठ्यारो भएकाले निर्माण कार्य सहज बनाउन यो निर्णय गरिएको बताइएको छ। यात्रुहरूलाई वैकल्पिक व्यवस्थाको लागि तयारी गर्न प्रशासनले आग्रह गरेको छ।

जेठ १७, २०८२ शनिबार १४:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।