राप्रपाले भन्यो- सरकार डराइसक्यो, गणतन्त्र कमजोर हुँदै गइसक्यो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा फर्काउनको लागि १५ गतेबाट थालेको आन्दोलनले सरकार डराएको निष्कर्ष निकालेको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आन्दोलनबारे समीक्षा गर्दै राप्रपाले सरकार राजसंस्था पक्षधर आन्दोलनसँग डराएको दाबी गरेका हुन्।
उनले भने, ‘हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँलाई राजावादीहरूको प्रदर्शन हुन्छ भनेर निषेधित क्षेत्र तोक्नाले सरकार डराएको र कमजोर भएको पुष्टि हुन्छ। हाम्रो आन्दोलन उत्कर्षतर्फ गइरहेको छ। यसले हामीलाई दुखी भन्दा पनि उत्साह पैदा गरेको छ।’
उनले राजसंस्था पक्षधर र गणतन्त्रका पक्षधरहरूको शक्ति मूल्याङ्कन आम जनताले गरिरहेको बताए। ओलीको आह्वानमा १५ गते एमालेको कार्यक्रममा उपस्थिति हेरेपछि गणतन्त्र कमजोर हुँदै गइरहेको उनको भनाइ छ।
जेठ १७, २०८२ शनिबार १४:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।