स्टील र आल्मुनियमको आयातमा लाग्ने कर दोब्बर बनाउने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जुन ४ देखि लागू हुने गरी स्टील र आल्मुनियम आयातमा लाग्ने कर २५ प्रतिशत बाट बढाएर ५० प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
यसको अर्थ, अब अमेरिकाले विदेशबाट आयात गर्ने स्टील र आल्मुनियमको मूल्य दोब्बर महँगो पर्नेछ।
पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित एक सभालाई सम्बोधन गर्दै ट्रम्पले यो निर्णयले अमेरिकाभित्रै स्टील उत्पादन बढाउनुका साथै चीनमाथिको निर्भरता घटाउने दाबी गरे।
उनले अमेरिकी स्टील कम्पनी र जापानको निप्पोन स्टीलबीचको सम्भावित साझेदारीले यस क्षेत्रमा १४ अर्ब डलर लगानी गर्ने पनि बताए। यद्यपि, यो साझेदारीबारे विस्तृत जानकारी अझै सार्वजनिक भएको छैन।
सभामा उपस्थित स्टील उद्योगका कामदारहरूलाई उत्साहित पार्दै ट्रम्पले भने, ‘कुनै पनि रोजगारी कटौती गरिने छैन र बाहिरका देशमा काम पठाइने छैन। हरेक अमेरिकी स्टील कामदारले उनीहरूले पाउनैपर्ने पाँच हजार डलर बोनस चाँडै नै पाउनेछन्।’
ट्रम्पको यो घोषणाले अमेरिकी अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।
जेठ १७, २०८२ शनिबार ०९:०५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।