३२ हजार अवैध अमेरिकी डलरसहित एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

३२ हजार अवैध अमेरिकी डलरसहित एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा अमेरिकी डलर बाहिर लैजान खोज्ने एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

शुक्रबार बिहान प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ गर्ने क्रममा ३२ वर्षीय सावजुन लियुको साथबाट अमेरिकी डलर ३२ हजार ४ सय फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

लियु एयर चाइनाको उडानबाट चीन जाँदै थिए। जाँचका क्रममा शंका लागेर प्रहरीले उनको झोला खोल्दा डलर भेटिएको हो। वैदेशिक मुद्राको यस्तो अवैध कारोबारसम्बन्धी थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको छ।

विमानस्थलमा पछिल्ला दिनहरूमा विदेशी मुद्रा तस्करी बढेपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ।

जेठ १६, २०८२ शुक्रबार २२:०७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।