स्मार्टफोन प्रयोगकर्ताको प्राथमिकतामा बनेको रेड्मी नोट १४ प्रो प्लस ५ जी

स्मार्टफोन प्रयोगकर्ताको प्राथमिकतामा बनेको रेड्मी नोट १४ प्रो प्लस ५ जी

काठमाडौं : स्मार्टफोन टिकाउपन, प्रदर्शन र प्रयोगकर्ताको अनुभवलाई ध्यानमा राख्दै रेड्मीले नयाँ मोडेल रेड्मी नोट १४ प्रो प्लस ५ जी सार्वजनिक गरेको छ। जसले डिजिटल युगको मागअनुसार स्मार्टफोन टिकाउपनको परिभाषा पुनः परिभाषित गरेको दाबी गरिएको छ।

उक्त मोडेलमा १.५ के रिजोल्युसनसहितको एमोलेड डिस्प्ले, गोरिल्ला ग्लास भिक्टस २, र क्ष्एटड डस्ट तथा वाटर रेजिस्टेन्स जस्ता विशेषता समावेश छन्। जसले फोनलाई धुलो, पानी र आकस्मिक झरनाबाट सुरक्षित राख्न मद्दत पुर्याउँछ।

प्रदर्शनको पक्षमा, यसमा समावेश गरिएको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च गति, गेमिङ र मल्टिटास्किङमा उत्कृष्टता प्रदान गर्छ। फोन दुई भेरिएन्टमा उपलब्ध छ- ८ जीबी र्याम २५६ जीबी स्टोरेज र १२ जीबी र्याम ५१२ जीबी स्टोरेज।

क्यामरा पक्षमा, यो मोडेलमा २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो तथा २० एमपी फ्रन्ट क्यामरा समावेश गरिएको छ, जसले उच्च गुणस्तरीय फोटोग्राफी र भिडियो अनुभव प्रदान गर्छ।

५११० एमएएच क्षमताको ब्याट्री र १२० वाटको फास्ट चार्जिङ प्रणालीले छोटो समयमा उच्च चार्ज सुनिश्चित गर्छ। ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लु र मिडनाइट ब्ल्याक गरी तीन रंगमा उपलब्ध यस स्मार्टफोनको मूल्य रु ४९,९९९ देखि रु ५४,९९९ सम्म निर्धारण गरिएको छ।

जेठ १६, २०८२ शुक्रबार २१:३१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।