एनएमबी बैंक र हिल्टन काठमाडौंबीच सहकार्य, ग्राहकलाई विशेष छुट

एनएमबी बैंक र हिल्टन काठमाडौंबीच सहकार्य, ग्राहकलाई विशेष छुट

काठमाडौं : एनएमबी बैंक लिमिटेड र हिल्टन काठमाडौंबीच विशेष छुटसम्बन्धी सहकार्य भएको छ। यस सम्झौता अन्तर्गत एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरूले हिल्टन काठमाडौंमा बैंकको डेबिट, क्रेडिट र प्लाटिनम क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकले यो सहकार्य डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आकर्षक सुविधा प्रदान गर्ने उद्देश्यले गरेको जनाएको छ। ‘यस किसिमको सहकार्यबाट नगद कारोबारलाई घटाउँदै डिजिटल कारोबारको अभ्यासलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनएमबी बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा सशक्त बनाउन समय समयमा यस्ता ग्राहकमैत्री योजनाहरू सञ्चालनमा ल्याउँदै आएको छ। छुटसम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ विस्तारित काउन्टरमार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ।

जेठ १६, २०८२ शुक्रबार २०:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।