प्राइम सेरामिक्सलाई नेपाल विद्युत प्राधिकरणबाट ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’ को सम्मान

रौतहट : प्राइम सेरामिक्स प्रा.लि.ले नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरबाट ‘अत्यन्त महत्वपूर्ण उपभोक्ता’को सम्मान पाएको छ।
वि.सं. २०७९ मा उच्च मात्रामा विद्युत खपत गर्दै नियमित महसुल भुक्तानी गरिरहेकाले र उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको आधारमा प्राइम सेरामिक्स प्रदेशका उत्कृष्ट १० उपभोक्तामध्ये एक बन्न सफल भएको हो। उक्त उपलब्धिको कदरस्वरूप नेपाल विद्युत प्राधिकरणले सम्मान-पत्र प्रदान गरेको हो।
भित्ते तथा फ्लोर टायल्स निर्माण गर्ने देशकै एकमात्र उद्योगका रूपमा प्राइम सेरामिक्सले ‘मेड इन नेपाल’ अभियानलाई मजबुत बनाउँदै आएको छ।
सम्मान ग्रहण गर्दै कम्पनीका उपाध्यक्ष श्री शेखर मोडुलाले भने, ‘यो सम्मानले हामीलाई अझ प्रेरित बनाएको छ। हामी सधैँ गुणस्तरीय उत्पादन, समयमै सेवा र राष्ट्र निर्माणप्रति अडिग रहनेछौं।’
कम्पनीले आगामी दिनहरूमा पनि दिगो विकास, स्वदेशी उत्पादन प्रवर्द्धन र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकतामा राख्दै अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
जेठ १६, २०८२ शुक्रबार २०:२२:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।