मस्तिष्कघात भएपछि रिहाइको दुई दिनमै अस्पताल भर्ना भए आलम

मस्तिष्कघात भएपछि रिहाइको दुई दिनमै अस्पताल भर्ना भए आलम
Filephoto

काठमाडौं : कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको छ।

शुक्रबार अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दियो।

बम विस्फोटसम्बन्धी गम्भीर अभियोगमा थुनामा रहेका आलम बुधबार मात्र ललितपुरको नख्खु कारागारबाट रिहा भएका थिए।

आलमसहित चारजनामाथि व्यक्ति हत्या र विस्फोटक पदार्थ कानुन अनुसार भएको जिल्ला अदालतको जन्मकैदको फैसला जनकपुर उच्च अदालतको वीरगंजस्थित अस्थायी इजलासले उल्टाएको थियो।

 

जेठ १६, २०८२ शुक्रबार २०:०५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।