राजावादीलाई रोक्न नारायणहिटी दरबार वरपर निषेधाज्ञा

काठमाडौं : राजावादीहरूलाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले नारायणहिटी दरबार संग्रहालय आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार विज्ञप्ती जारी गर्दै शनिबार देखि लागू हुने गरी असार २४ गतेसम्मका लागि उक्त क्षेत्रलाई निषेधित बनाएको जानकारी दिएका छन्।
प्रजिअ तिवारीका अनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै दक्षिण गेटसम्मको क्षेत्र निषेधित घेरामा पर्नेछ।
यस क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, प्रदर्शन, जुलुस, सभा वा कुनै पनि प्रकारका विरोध कार्यक्रम गर्न पाइने छैन।
प्रशासनले शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्नुपर्ने आवश्यकता देखिएको भन्दै यस्तो निर्णय लिएको जनाएको छ।
जेठ १६, २०८२ शुक्रबार १९:४७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।