हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

हिमालय रोडिज सिजन ७ को टाइटल स्पोन्सरमा यामाहा नेपालको निरन्तरता

काठमाडौं : एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज’ को सातौं संस्करणका लागि यामाहा नेपाल फेरि पनि टाइटल स्पोन्सरको रूपमा जोडिएको छ। ‘हेल अर हेभन’ भन्ने साहसिक थिमसहित फर्किएको यो सिजनमा यामाहा नेपालको समर्थन लगातार छैटौं वर्षमा प्रवेश गरेको हो। 

शोमा सहभागीहरूले नेपालको विकट, सुन्दर, र अप्रत्याशित भूगोलमा शारीरिक र मानसिक रूपमा आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ।

यामाहा नेपालको ब्रान्ड पहिचान एडभेन्चर, स्टाइल र पर्फर्मेन्ससँग गासिएको छ। MT-15 V2 र FZ-S V3 जस्ता स्ट्रीट बाइकदेखि ट्रयाक-प्रेरित R15 V4, अफ-रोड WR 155R, स्पोर्टी Aerox 155 र इन्धनमैत्री RayZR 125FI Hybrid जस्ता मोडेलहरूले यामाहालाई आधुनिक यात्रुहरूको रोजाइमा राखेका छन्।

एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, ‘यामाहा र रोडिज दुवैको डीएनए एउटै हो- आफ्नै बाटो बनाउने, जोखिम उठाउने र सीमाभन्दा बाहिर सोच्ने। ‘हेल अर हेभन’ थिमले जीवनका छनोट र यात्रालाई प्रतिबिम्बित गर्छ। हामी फेरि यो प्रेरणादायी सहकार्यमा आबद्ध हुन पाउँदा गर्व गर्छौं।’

जेठ १६, २०८२ शुक्रबार १९:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।