कांग्रेस सरकारमा छ भनेर चुप लाग्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौ : डा. शेखर कोइराला

कांग्रेस सरकारमा छ भनेर चुप लाग्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौ : डा. शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको बजेट सुन्दा कर्णप्रिय लागे पनि कार्यान्वयन पक्ष कमजोर भएको टिप्पणी गरेका छन्।

शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीहरूको सम्मान कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको बजेट आकर्षक देखिए पनि व्यवहारमा कमजोर हुने इतिहास दोहोरिने चिन्ता व्यक्त गरे।

उनले कांग्रेस सरकारमा रहे पनि पार्टीका कार्यकर्ताले सरकारका गलत कामको विरोध गर्न नहिच्किचाउनुपर्ने धारणा राखे। ‘कांग्रेस सरकारमा छ भनेर चुप लाग्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौं,’ उनले भने, ‘सरकार र सत्ता फरक कुरा हुन्। मन्त्रीहरूले सहकार्य गर्न सक्छन्, तर बाहिर रहेका हामीले असललाई असल र खराबलाई खराब भन्नैपर्छ।’

कोइरालाले राज्यसत्ता जनताको हितमा नभएको संकेत गर्दै वर्तमान अवस्थाबाट निराश बनेको बताए। उनले नयाँ पुस्तालाई राजतन्त्रकालीन अवस्था थाहा नभएको भन्दै लोकतन्त्रप्रति उनीहरूमा विश्वास घट्न थालेको चिन्ता समेत व्यक्त गरे।

‘बजेट सुन्दा सोचेजस्तै लाग्यो,’ उनले भने, ‘तर विगत हेर्दा कार्यान्वयन पक्षमा सरकार सधैं कमजोर देखिएको छ। अब गलतलाई गलत भन्न नसक्ने हो भने हामी कांग्रेसकै कार्यकर्ता होइनौं।’

जेठ १६, २०८२ शुक्रबार १८:१३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।