बजेट अटोमोबाइल मैत्री आएको भन्दै नाडाले सरकारलाई दियो धन्यवाद

बजेट अटोमोबाइल मैत्री आएको भन्दै नाडाले सरकारलाई दियो धन्यवाद

काठमाडौं : आर्थिक वर्ष २०८२-८३ को बजेट अटोमोबाइल क्षेत्रमैत्री रहेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेको छ। 

नाडाले अटोमोबाइल व्यवसायलाई गतिशील र सक्रिय बनाउन विभिन्न मितिमा सरकारका सम्बन्धित मन्त्रालय र विभागमा नीतिगत सुझावहरू प्रस्तुत गरेको थियो।

संघले दिएको सुझावहरूलाई बजेटले समेटेको भन्दै नाडाले बजेटलाई व्यवसाय मैत्री भन्दै सकारात्मक प्रतिक्रिया दिएको हो। 

‘यो बजेटले अटोमोबाइल क्षेत्रको वर्षौ देखिको माग र आवाजलाई समेटेको छ। यसले केवल व्यवसायीहरूलाई प्रोत्साहित गरेको छैन, अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ भन्ने हाम्रो विश्वास छ,’ नाडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

संघले आगामी मौद्रिक नीति पनि यस्तै व्यवसाय अनुकूल हुने अपेक्षा व्यक्त गरेको छ। सरकारले नाडाको सुझावलाई बजेटमा समेटेकोप्रति आभार प्रकट गर्दै नाडाले नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ।

जेठ १६, २०८२ शुक्रबार १७:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।