चर्को घाममा दिनभर सडकमै रहे राजावादी, काठमाडौंका मुख्य सडकमा सवारी प्रभावित

काठमाडौं : राजसंस्था पुनःस्थापनाको मागसहित राजावादीहरूको आन्दोलन शुक्रबार पनि जारी रह्यो। राप्रपा, राप्रपा नेपाललगायत समूहहरूको सहभागितामा काठमाडौंको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भयो।
गणतन्त्र घोषणा भएको दिन जेठ १५ देखि सुरू गरिएको आन्दोलन अन्तर्गत बिहीबार उनीहरूले शान्तिबाटीकामा समेत प्रदर्शन गरेका थिए। शुक्रबारको प्रदर्शनले माइतीघर-बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएका छन्।
राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै आन्दोलन चर्काइरहेका राजावादी समूहहरूले आन्दोलनलाई अझ व्यापक बनाउने चेतावनी दिएका छन्।
जेठ १६, २०८२ शुक्रबार १७:२६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।