त्रिशुलीमा बेपत्ता ११ वर्षीया बालिकाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन

त्रिशुलीमा बेपत्ता ११ वर्षीया बालिकाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन
फाइल तस्बिर

काठमाडौं : त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी ११ वर्षीया बालिकाको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ।

बेपत्ता हुनेमा तनहुँको देवघाट गाउँपालिका-५ ठिमुरास्थित सृष्टी गुरुङ रहेकी छन्। जेठ १५ गते साँझ करिब ६ बजे त्रिशुली नदीमा पौडी खेल्ने क्रममा सृष्टी बेपत्ता भएकी थिइन्।

बेपत्ता बालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोको कमान्डमा गोताखोरसहितको सुरक्षा फौज शुक्रबार बिहान ११ बजेदेखि खटाइएको छ।

जेठ १६, २०८२ शुक्रबार १२:२८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।