‘ऊनको स्वीटर’ चौथो हप्तामा, १० करोड कलेक्सन गरेको दाबी

काठमाडौं : आर्टमाण्डू नेपालको ब्यानरमा निर्मित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ।
निर्माण पक्षले १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ। चौथो हप्तामा फिल्मले एक सयभन्दा बढी शो पाएको छ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु लगायतका कलाकारहरूको अभिनय छ। चलचित्र समीक्षक र दर्शकले फिल्मलाई राम्रै भनेर प्रशंसा गरेका छन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा, देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले ‘व्यापारको आधारमा’ फिल्मलाई सुपरहिटको ट्याग दिएको छ।
तर, नेपाली चलचित्र उद्योगमा ‘हिट’ वा ‘सुपरहिट’ घोषणा गर्ने मापदण्ड आफैँमा विवादास्पद छ। केही शो र अपुष्ट कलेक्सनकै आधारमा दिइने यस्ता ट्यागले विश्वसनीयता गुमाउँदै गएका छन्।
जेठ १६, २०८२ शुक्रबार १२:०५:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।